२०२४ PMGC समाप्त: दक्षिण कोरियाको DK विजयी, नेपाल बलियो पुनरागमनको लागि तयार हुँदै
२०२४ PUBG MOBILE Global Championship (PMGC) को अन्तिम हप्ताको समग्र तालिका (Overall Leaderboard)
NEPAL, December 18, 2024 /
EINPresswire.com/ -- दक्षिण कोरिया DK को अन्तिम जित सँगै यस वर्षको २०२४ PUBG MOBILE Global Championship (PMGC) को प्रतियोगिताको अन्त्य भएको छ । यस प्रतियोगितामा नेपालको यात्रा अपेक्षाभन्दा छिटो समाप्त भए पनि यसले देशको प्रतिभालाई उजागर गर्यो र अन्तर्राष्ट्रिय ईस्पोर्ट्स मञ्चमा नेपालको स्थानलाई मजबुत समेत बनायो। Horaa Esports र DRS Gaming ले नेपाललाई गर्वका साथ प्रतिनिधित्व गर्दै , बैदेशिक स्तरमा समेत आफ्नो दृढ सम्भावनालाई दृढ रुपमा प्रस्तुत गरे।
सुरुवातमै बाहिरिए पनि, दुबै टोलीले आफ्नो उत्कृष्ट प्रस्तुतीद्वारा दिगो छाप छोडे, जसले उनीहरूको उज्वल भविष्यलाई उजागर गर्यो। Horaa Esports ले आफ्नो निडर खेल शैलीले प्रशंसकहरूलाई रोमाञ्चित गरायो, जबकि DRS Gaming ले आफ्नो अनुशासित खेल रणनीतिले व्यापक सम्मान पायो। यि दुबै टोलीले यो देखाए कि नेपाल अब केवल सहभागी मात्र नभई, प्रतिस्पर्धात्मक PUBG MOBILE को दुनियाँमा एक बलियो प्रतियोगि बन्न पुगेको छ।
यद्यपि कुनै पनि टोलीले Championship उपाधि भने जित्न सकेन, तर उनीहरूको खेलले नेपालको गेमिङ समुदायलाई गर्वान्वीत गरायो । त्यो भन्दा महत्वपूर्ण कुरा भने उनीहरूले आगामी वर्षको PMGC मा आफ्नो उपस्थिति बालियो बनाउनका लागि आधार तयार गरेका छन् । विश्वका शीर्ष टोलीहरू, विशेष गरी प्रतियोगि बिजेता DK, विरुद्ध प्रतिस्पर्धा गर्दा पाएको अनुभवले निःसन्देह उनीहरूको विकासलाई एक गति दिनेछ।
नेपालको गेमिङ समुदायले उत्सव मनाउने धेरै कारणहरू पाएको छ, किनकि यो गातिशिल रुपमा भविष्यतर्फ अगाडि बढ्दै छ । पूर्वाधारमा वृद्धि र प्रतिभमा लगानी बढाई, देशले अन्तर्राष्ट्रिय स्तरमा एक प्रतिस्पर्धात्मक शक्ति बन्ने दिशामा आफ्नो मार्ग निर्माण गरेको छ।
Horaa Esports र DRS Gaming अब यस्तो भविष्यतर्फ केन्द्रित छन्, जहाँ उनीहरू आफ्ना प्रशंसकहरूको अटल समर्थन र नयाँ उर्जाले प्रेरित हुँदै अझ ठूलो उचाइमा पुग्ने प्रयास गर्दै छन्। २०२४ PMGC समाप्त भइसकेको छ, तर नेपालका लागि यो ईस्पोर्ट्स यात्राको नयाँ अध्यायको सुरुवात हो। दर्शकहरुले नेपाली PUBG MOBILE टोलीहरूको ताजा अपडेट र गतिविधिहरू PUBG MOBILE Esports South Asia का आधिकारिक Facebook र YouTube च्यानलहरूमा हेर्न सक्नुहुन्छ ।
PUBG MOBILE Global Championship सन् २०२५ को जाडो महिनामा फिर्ता हुनेछ, जहाँ विश्वभरिका उत्कृष्ट टोलीहरू प्रतिस्पर्धाका निमित्त एकत्रित हुनेछन् र नेपाली टोलीहरू निश्चय नै अझ बलियो भएर फिर्ता आउनेछन्।
ABOUT PUBG MOBILE
पब्जी मोबाइल पब्जी: ब्याटलग्राउन्ड्समा आधारित छ जसले सन् २०१७ मा इन्टरएक्टिभ मनोरञ्जनको दुनियाँमा तहल्का मच्चाएको थियो।
यस खेलमा १०० जना खेलाडीहरू एकैसाथ प्रतिस्पर्धा गर्न एक टापुमा प्यारा–सुट प्रयोग गरी हाम्फाल्छन् र खेल सुरु हुन्छ। खेलाडीहरूले आफ्नै हतियार, सवारीसाधन, र सामग्रीहरू खोज्न र जम्मा गर्नुपर्छ, र खेलको बिस्तारै घट्दै जाने खेल क्षेत्रभित्र अन्य सबै खेलाडीहरूलाई पराजित गर्नुपर्छ। र अन्तिमसम्म जो जीवित रहन्छ, उसैले खेल जित्ने गर्दछ।
पब्जी मोबाइललाई टेन्सेन्ट गेम्सको लाइटस्पीड स्टुडियो र क्राफ्टन इंक. द्वारा संयुक्त रूपमा विकसित गरिएको हो।
थप जानकारीको लागग, पधजी मोबाइलका आगधकाररक Facebook (@PUBGMOBILE), Instagram (@pubgmobile), X (@pubgmobile) and YouTube (@pubgmobile) अकाउन्तटहरूमा हेन् सक्न ह नेछ।
पधजी मोबाइल App Store (
https://apps.apple.com/us/app/pubg-mobile/id1330123889) र Google Play (
https://play.google.com/store/apps/details?id=com.tencent.ig) मा ननुःश लक डाउनलोड गन् उपलधध रहेको छ।
Media Unit
PUBG MOBILE
email us here
Visit us on social media:
Facebook
२०२४ PUBG MOBILE Global Championship (PMGC) को अन्तिम हप्ताको समग्र तालिका (Overall Leaderboard)